काठमाडौँ :- चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ।
प्रकाश सपूत र परीक्षा लिम्बू मुख्य भूमिकामा रहेको यो चलचित्र कात्तिक ६ गते, भाइटीकाको दिन प्रदर्शनमा आउनेछ।
कार्यकारी निर्माता ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ, जसको नेतृत्व धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका छन्।
निर्देशन अर्जुन सुवेदीले गरेका छन्। चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बूका अलावा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरूले अभिनय गरेका छन्।


