काठमाडौं :- विपद् प्रभावित नागरिकको राहत र उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा प्रयोग गरिनेछ।
चेक बुझ्दै मन्त्री यादवले विपद्को कठिन परिस्थितिमा मानवीय भावनाका साथ सहयोग गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरिन्। उनले प्राप्त रकम प्रभावित नागरिकको राहत तथा उद्धारमा प्रभावकारी रूपमा प्रयोग गरिने बताइन्।
मन्त्री यादवले विपद्का समयमा निजी क्षेत्र र विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताइन्।












