काठमाडौँ :- प्रदर्शनका क्रममा विवादमा परेको नेपाली फिल्म ‘पाँच पाण्डव’ १२ हजारभन्दा बढी दर्शकले हेरेको पाइएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार कात्तिक २९ गते राति ११ः५९ बजेसम्म फिल्म १२ हजार २८४ जनाले हेरेका छन्।
फिल्मले उक्त दर्शकबाट ४३ लाख ५० हजार ४९३ रुपैयाँ ग्रस कमाइ गरेको रिपोर्टमा उल्लेख छ।
तिहारको अवसर पारेर एकल प्रदर्शनमा आएको यस फिल्मका निर्देशक वसन्त निरौला हुन्।












