काठमाडौँ :- नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टले शपथ ग्रहण गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले बुधबार उनीहरूलाई केन्द्रीय कमिटी सदस्यको शपथ गराउनुभएको हो।
गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट मनोनीत भएका अन्य सदस्यहरूले भने यसअघि नै शपथ लिइसकेका छन्।












