पोखरा :- पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–नौडाँडाका आशिष कुँवरको मृत्यु भएको छ।
गएराति करिब ३ बजे भएको दुर्घटनामा घाइते भएका कुँवरलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा अर्का एक जना पनि घाइते भएका छन्।












