एजेन्सी :- इजरायलको आमनिर्वाचनको एक्जिट पोलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखाएको छ। कुनै पनि पक्षले संसद्मा बहुमतका लागि आवश्यक ६१ सिट प्राप्त गर्ने स्पष्ट सङ्केत नदेखिएपछि नयाँ सरकार गठनमा अन्योल बढेको छ।
एक्जिट पोलअनुसार नेतान्याहुको गठबन्धनले ५०–५१ सिट र विपक्षी समूहले ५१–५२ सिट प्राप्त गर्न सक्ने अनुमान छ। अरब नेतृत्वका दलहरूले १९ सिट पाउन सक्ने आकलन गरिएकाले सरकार गठनमा उनीहरूको भूमिका निर्णायक हुन सक्छ।
निर्वाचनमा सुरक्षा, युद्ध, सैनिक सेवाबाट दिइँदै आएको छुट र अरब समुदायको सुरक्षाजस्ता विषय प्रमुख मुद्दा बनेका थिए। इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार यसपटक ७७.७ प्रतिशत योग्य मतदाताले मतदान गरेका छन्, जुन सन् १९९९ यताकै उच्च सहभागिता हो।
अन्तिम आधिकारिक नतिजापछि पनि दलहरूबीच सहमति जुट्न नसके लामो राजनीतिक वार्ता वा पुनः निर्वाचनको अवस्था आउन सक्ने सम्भावना छ।












