काठमाडाैं :- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री (महिलातर्फ) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
उनकी प्रतिस्पर्धी नानुमैया बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरेकी छन्। सहमहामन्त्री (महिलातर्फ) पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा थिए।












