काठमाडौं :- अर्थ मन्त्रालयअन्तर्गतको वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जना उम्मेदवारलाई संक्षिप्त सूची (Shortlist) मा छनोट गरिएको छ।
अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा संक्षिप्त सूचीमा परेको विवरणमा उल्लेख छ।
छनोट भएका उम्मेदवारलाई व्यावसायिक रणनीति तथा कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाइएको छ। उनीहरूले आगामी मंसिर ५ गते व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ भने मंसिर ६ गते अन्तर्वार्ता हुने मिति तय गरिएको छ।












