काठमाडौँ :- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकले सार्वजनिक प्रशासनलाई थप सक्षम र परिणाममुखी बनाउने बताएकी छन्।
उनका अनुसार विधेयकले निजामती सेवाको कार्यसम्पादन, जवाफदेहिता र सेवा प्रवाहमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। गहन अध्ययन तथा व्यापक छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको उनले उल्लेख गरेकी छन्।
मन्त्री रावलले सहकारीपीडितको बचत फिर्ता, भूमिहीनलाई लालपुर्जा वितरण, सङ्घीय निजामती सेवा विधेयक टुङ्गोमा पुर्याउने तथा सार्वजनिक प्रशासन सुधारलाई आफ्नो प्राथमिकतामा राखेको बताइन्।
भूमि प्रशासनलगायत क्षेत्रमा डिजिटलाइजेसन र अटोमेसनमार्फत सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा प्रविधिमैत्री बनाउने कामसमेत अघि बढाइएको उनले जानकारी दिइन्।












