काठमाडौँ :- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस स्वतन्त्रताको विषयमा सरकार स्पष्ट रहेको जनाएको छ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सञ्चारमाध्यमले उठाएका विषयलाई सरकारले महत्त्वका साथ लिएको बताउँदै नागरिकसम्म सूचना पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन्।












