काठमाडौं :- नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति कार्यालयमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र दक्षिण कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।












