काठमाडाैँ :- एनपीएल अन्तर्गत आज सोमबार काठमाडौँ गोर्खाज, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
दिनको पहिलो खेलमा दिउँसो १२ः३० बजे काठमाडौँ र कर्णाली आमनेसामने हुनेछन्। पहिलो खेलमा जितविहीन काठमाडौँ पहिलो जित निकाल्ने योजनामा रहँदा दुई खेल जितेको कर्णाली आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ।
त्यस्तै, साँझ ५ बजे सुदूरपश्चिम र चितवनबीच दोस्रो खेल हुनेछ। एक जित र दुई हार बेहोरेको सुदूरपश्चिम जितको खोजीमा रहँदा एक जित र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको चितवन आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ।












