काठमाडाैं :- नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौंलाई सहजै हराएको हो। यसअघि जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो भने काठमाडौं गोर्खाजले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।












