काठमाडौं :- इन्द्रजात्राको समापन समारोहका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुरस्थित कुमारी घरमा पुगेर कुमारी, भैरव र गणेशको दर्शन गर्नुभएको छ।
दर्शनपछि राष्ट्रपति पौडेलले जीवित देवी कुमारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभयो।
उहाँ प्रथम महिला सबिता पौडेलसहित न्यूरोडको जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल यात्रा गरेर पुग्नुभएको थियो।












