सुनसरी :- गृहमन्त्री सुधन गुरुङले पार्टी वा कुनै झन्डाभन्दा देश माथि रहेको बताएका छन्।
शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा बोल्दै उनले युवा पुस्तालाई समेत देशप्रतिको भावना र जिम्मेवारी सिकाउनुपर्ने बताए।
नेपाली जनता र आफ्नो समुदायले गरेको विश्वासको सम्मान गर्दै सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।












