काठमाडौं :- सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट १०७ मिलियन अमेरिकी डलर अर्थात् करिब १५ अर्ब ९४ करोड ३० लाख रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईएमएफको ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने निर्व्याजी ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
यसैगरी, चीन सरकारबाट भोटेकोसी बाढी प्रभावितका लागि प्राप्त हुने दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ।
सरकारको यो निर्णयसँगै अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण तथा विपद् प्रभावितका लागि उपलब्ध गराइएको अनुदान सहायता स्वीकार गर्ने प्रक्रिया अघि बढ्नेछ।












