काठमाडौँ :- आगामी नेपाल पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै सरकारले ५९ वटा कानुनका ४९४ दफा संशोधन गर्ने तयारी गरेको छ।
मन्त्री सोविता गौतमले संशोधनका मस्यौदा कानुन मन्त्रालयमा आइसकेको र अन्तिम रूप दिने काम भइरहेको जानकारी दिएकी छन्। आवश्यक परे अध्यादेशमार्फत कानुन ल्याएर प्रक्रिया अघि बढाइने उनको भनाइ छ।












