ललितपुर :- ललितपुरको ताकुर्चेमा सुक्खा पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ।
बागमती गाउँपालिका–३ मा खसेको पहिरोका कारण हेटौंडा–काठमाडौँ सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको हो।
प्रहरीका अनुसार पहिरो पन्छाउन आवश्यक उपकरण तयारी अवस्थामा भए पनि निरन्तर पहिरो खसिरहेकाले तत्काल सडक खुलाउन कठिन भइरहेको छ।












