काठमाडौँ :- कतारको दोहामा रहेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, दूरसञ्चार क्षेत्रको विकास तथा सूचना प्रविधिमा द्विपक्षीय सहकार्यका सम्भावनाबारे छलफल भएको छ।
सो अवसरमा मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएकोमा कतार सरकारलाई धन्यवादसमेत दिएका थिए।












