चितवन :- धादिङको मझिमटारमा आकाशे पुलको गर्डर राख्ने कार्यका लागि आज पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने भएको छ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।
निर्माण कार्य सम्पन्न नभएसम्म उक्त सडकखण्ड भएर चल्ने कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न नपाइने भएकाले यात्रु तथा चालकलाई यथास्थानमा रहेर सहयोग गर्न आयोजनाले अनुरोध गरेको छ।












