काठमाडौँ :- संघीय संसदको चालु अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानको धारा ९३(२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले अधिवेशन अन्त्यको जानकारी दिएका छन्।












