धनुषा :- धनुषामा छठपूजाका लागि बनाइएको घाटमा एक्लै बसेका ६० वर्षीय वृद्धको शंकास्पद अवस्थामा मृत्यु भएको छ।
शहीदनगर नगरपालिका–२ का रामजतन यादव मतौना गाउँदेखि पूर्वतर्फ रहेको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा मृत भेटिएका हुन्। उनको गालामा चोटको निशान र रगत देखिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी छ।












