काठमाडौँ :- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका २३० पदाधिकारी तथा केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
निर्वाचन समितिले आज दिउँसो २ बजे शपथ ग्रहणसँगै प्रमाणपत्र वितरण कार्यक्रम गर्ने तयारी गरेको सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्। महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो।












