काठमाडौँ :- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अङ्कले बढेर २६२९.८१ विन्दुमा पुगेको छ। बजारमा ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ७२ लाख कित्ता सेयर किनबेच भएका छन्।
कारोबार भएका कम्पनीमध्ये १७६ वटाको सेयर मूल्य बढ्दा ९५ वटाको घटेको छ भने ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। नेपाल ल्युब आयलको सेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेको छ।












