काठमाडौँ :- नेपाली कांग्रेसले मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारीबारे केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ।
मंगलवारदेखि जारी बैठकमा बिहीवार पनि केन्द्रीय सदस्यहरूले अभियानको तयारीसँगै सुकुम्बासी व्यवस्थापन र रसुवाको भोटेकोशी बाढीको विषयमा धारणा राखिरहेका छन्।
केन्द्रीय सदस्य सुशील भट्टका अनुसार पार्टीको १५औँ महाधिवेशनबाट पारित दस्ताबेजअनुसार समाजका विभिन्न मुद्दालाई पार्टीको एजेण्डा बनाउने विषयमा पनि छलफल भइरहेको छ।












