काठमाडौं :- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लिएर सरकारले आज छलफल गर्ने भएको छ। यसका लागि बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
बैठकमा भारत भ्रमणका एजेण्डा तथा तयारीका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन्।












