काठमाडौँ :- नेपाली कांग्रेसका सभापति गगन थापासहित शीर्ष पदाधिकारीहरूको विशेष बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गरिनेछ।
सरकारलाई विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बैठकमा सभापति थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्।
बैठकपछि सभापति थापाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेछन्। उक्त कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको समेत सहभागिता रहनेछ।












