काठमाडाैं :- सांसद रचना खतिवडालाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्यूरोको टोलीले सोमबार भक्तपुरस्थित प्रसाईंको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। उक्त अभिव्यक्तिविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ।












