काठमाडौँ :- पर्साको वीरगञ्जस्थित फर्च्युन सिटी क्यासिनोबाट प्रहरीले ९ नेपालीसहित १२ जनालाई नियन्त्रणमा लिएको छ।
आदर्शनगर चोकस्थित सूरज होटलमा रहेको क्यासिनोमा विशेष सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो। पक्राउ परेकाहरूको विषयमा थप विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।












