काठमाडौं :- साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा झरेको छ ।
लगानीकर्ता खरिदभन्दा बिक्रीमा बढी सक्रिय भएपछि दिनभरजसो बजार राताम्मे बनेको हो । यस दिन कारोबार रकमसमेत घटेको छ । मंगलबार ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार कारोबारमा आएका ३४७ कम्पनीमध्ये ७० वटाको सेयर मूल्य बढेको छ भने १९९ वटाको घटेको छ । त्यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
यस दिन सानिमा लार्ज क्याप फन्डको मूल्य सर्वाधिक ३.२६ प्रतिशतले बढेको छ भने एभरेष्ट कलरको मूल्य सर्वाधिक ८.६३ प्रतिशतले घटेको छ ।












