काभ्रे :- काभ्रेको नमोबुद्ध नगरपालिका–१० स्थित पुरानागाउँ स्वास्थ्य चौकीलाई समाजसेवी परीक्षण हुमागाई र जीवन लामाले विभिन्न अत्यावश्यक औषधि सहयोग गरेका छन्।
स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने र सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले स्वास्थ्य चौकीलाई आवश्यक औषधि उपलब्ध गराइएको समाजसेवी परीक्षण हुमागाईले बताए। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ।
स्वास्थ्य चौकीलाई आवश्यक औषधि सहयोग गरेकोमा स्वास्थ्य चौकी प्रमुख टिकानिधि कोइरालाले समाजसेवी हुमागाई र लामाप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
स्वास्थ्य चौकीमा आवश्यक औषधिको उपलब्धताले स्थानीय नागरिकलाई सामान्य स्वास्थ्य उपचार तथा सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। सामाजिक उत्तरदायित्व बहन गर्दै गरिएको यस सहयोगले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।












