धुलिखेल :- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकका मिठाई व्यवसायीलाई मिठाई बनाउन प्रयोग गरिएका कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग्य मिति र बिक्री मूल्य स्पष्ट देखिने गरी पसलमा राख्न निर्देशन दिएको छ।
धुलिखेल र बनेपाका मिठाई पसलमा गरिएको अनुगमनपछि कार्यालयले यस्तो निर्देशन दिएको हो।
कार्यालय प्रमुख मनिषा चापागाईँका अनुसार ग्राहकले सहजै देख्ने गरी मिठाईको सोकेस वा काउन्टरमा आवश्यक विवरण राख्न भनिएको छ। साथै, खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न पनि व्यवसायीलाई निर्देशन दिइएको छ।












