काठमाडौँ :- काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले शुक्रबार र आज उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय बिक्रम घले, मकवानपुर थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ, राक्सीराङ गाउँपालिका–३ का ३३ वर्षीय ललितबहादुर स्याङ्ताङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा र सिन्धुली हरिहरपुर नगरपालिका–११ का ३२ वर्षीय रत्न तामाङ रहेका छन्।
उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन तथा डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूबाट रु. ५ लाख ६० हजार ४ सय नगद, एक थान मोटरसाइकल र ६ थान मोबाइल समेत बरामद भएको छ।












