काठमाडौँ :- नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा बाह्रै महिना पहिरोको जोखिम देखिन थालेपछि विशेष प्रविधिबाट पहिरो नियन्त्रणको काम अघि बढाइने भएको छ।
भिरको ढलान व्यवस्थापन, नेलिङ, होरिजोन्टल ड्रेन तथा बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिनेछ। कामका लागि आजदेखि दैनिक ५ घण्टा सडक बन्द गरिने प्रशासनले जनाएको छ।












