काठमाडाैं :- दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।
नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ः०८ बजे काठमाडौं छाड्नुभएका प्रधानमन्त्री शाह करिब ३ः३० बजे भारत अवतरण गर्नुभएको हो।
उहाँलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, भारतीय राजदूत सुधाकर दलेलालगायत अधिकारीहरूले स्वागत गर्नुभएको थियो।












