धादिङ :- धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा मध्यराति जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका अनुसार गएराति १:५५ बजे लापाबाट बोराङ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो।
दुर्घटनामा ६६ वर्षीया छेनेन तामाङको मृत्यु भएको हो। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।












