काठमाडौँ :- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ३१.५४ अंकले बढेर २,६९५.६० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ परिसूचक ६.४१ अंकले बढेर ४८८.२१ विन्दुमा कायम भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। कुल २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
आज १८१ कम्पनीको शेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स र नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाउँदा नेपाल इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिर्खवा हाइड्रोपावर र सनराइज ब्लुचिपका लगानीकर्ताले गुमाएका छन्।












