काठमाडौँ :- ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताका अनुसार कूटनीतिक पहलमार्फत नेपालले नियमित खोप कार्यक्रमका लागि उक्त सहयोग प्राप्त गर्ने भएको हो।
यसैगरी, नेपालले फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत गाभीले मिनाहा गर्ने मन्त्री मेहताको सचिवालयले जनाएको छ।
खोप सहायता र ऋण मिनाहाले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्दै आएको छ।












