काठमाडौँ :- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुनर्निर्माणसँगै लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन्।
तेस्रो केन्द्रीय कमिटी बैठकमा उनले निर्वाचन परिणामबाट आवश्यक पाठ सिक्दै पार्टीभित्रका कमजोरी सच्याउन र संगठनलाई थप व्यवस्थित बनाउनुपर्ने बताए। सरकार र नेतृत्वविरुद्ध अफवाह तथा गलत सूचना फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै ओलीले राजनीतिक स्थिरताका लागि सबै सचेत हुनुपर्ने धारणा राखे।












