काठमाडौं :- सभामुख डोलप्रसाद अर्यालले मधेश आन्दोलनका सहिदहरूले देखेको सपना साकार पार्न सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका छन्।
वीरगञ्जस्थित सहिद स्मारकमा पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई आत्मसात् गर्नुपर्ने धारणा राखेका हुन्।












