काठमाडौँ :- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न बैंकका खातामा गरी कुल रु. १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ मौज्दात रहेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रु. १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ मौज्दात रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संघसंस्था र निकायबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको छ।












