काठमाडौं :- कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् । उनलाई भक्तपुरको सूर्यविनायकबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका बोगटीमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरेको छ ।
कालिकोट स्थायी घर भएका बोगटी लामो समयदेखि परिवारसहित भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन् । उनी गायक तथा संगीतकारका रूपमा समेत परिचित छन् ।
केही दिनअघि उनले गृहमन्त्री सुधन गुरुङकी आमा भएको दाबी गरिएकी एक महिलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । सोही विषयसँग सम्बन्धित घटनाका क्रममा उनी पक्राउ परेको बताइएको छ ।












