काठमाडौं :- नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। सोमबार सुन प्रतितोला १ हजार १०० रुपैयाँले घट्दै २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको छ।
आइतबार २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज थप सस्तिएको हो। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको छ।












