काठमाडौँ :- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आजदेखि टोल शुल्क लागू भएको छ। सरकारले सवारीसाधनको प्रकार र काठमाडौं प्रवेश तथा बाहिरिने दिशाका आधारमा शुल्क निर्धारण गरेको हो।
निर्धारित दरअनुसार हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा मिनी टिपर/ट्रकका लागि ११५ र ८० रुपैयाँ शुल्क तोकिएको छ।
त्यसैगरी, बस तथा सिंगल रियर एक्सल ट्रकले २६० र २०० रुपैयाँ तथा मल्टी एक्सल ट्रक र भारी उपकरणले ६०० र २५० रुपैयाँ टोल शुल्क बुझाउनुपर्नेछ।












