काठमाडौँ :- नेपाली कांग्रेसका निवर्तमान सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरूलाई स्वतन्त्र विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरेका छन्।
उनले निर्वाचनलाई पार्टीभित्रको महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै सबै प्रतिनिधिलाई मर्यादित र संयमित रूपमा सहभागी हुन अनुरोध गरेका छन्। प्राविधिक कारणले निर्वाचन निर्धारित समयभन्दा एक दिन ढिलो हुन पुगेकोमा उनले क्षमा मागेका छन्।
थापाले पार्टीमा कुनै पनि गुट वा प्यानल नरहेको उल्लेख गर्दै आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन्। कुनै पनि अफवाहको पछि नलाग्न आग्रह गर्दै उनले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर मतदान गर्न प्रतिनिधिहरूलाई अपिल गरेका छन्।












