काठमाडौँ :- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण गरिने बताउनुभएको छ ।
बाराको सिमरामा पर्यटन तथा होटल व्यवसायीसँग आयोजित छलफलमा मन्त्री पौडेलले विमानस्थल निर्माणका क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई अन्यायमा नपर्ने गरी पुनःस्थापना गरिने बताउनुभयो ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अब थप क्षमतामा सञ्चालन हुन नसक्ने अवस्था रहेकाले निजगढ विमानस्थल नेपालको पर्यटन विकासका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले बजेट सुनिश्चित हुन नसक्दा निर्माणमा ढिलाइ भएको बताउँदै निजगढ विमानस्थल निर्माण गर्नैपर्ने धारणा व्यक्त गर्नुभयो ।












