नयाँ दिल्ली :- नेपाल र भारतबीच आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सोमबार प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि ती समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषयः
१.फोरेन्सिक विज्ञानमा सहकार्य: गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग बीच अध्ययन र अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी तालिमः भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान बीच सम्झौतामा हस्ताक्षर।
३. प्रशासनिक अधिकारीहरूको तालिमः भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक कर्मचारी कलेजले संयुक्त रूपमा नेपाली सरकारी अधिकारीहरूलाई तालिम दिनेछन्।
४. आयुर्वेद र परम्परागत चिकित्साः दुवै देशले आयुर्वेद र अन्य परम्परागत उपचार विधिहरूमा सहकार्य गर्नेछन्।
५ उपग्रह सञ्चारः दक्षिण एसिया उपग्रह प्रयोग गरेर उपग्रह सञ्चार सञ्जाल निर्माण गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच सम्झौता भएको छ।
६. शहरी विकासः दुवै देशले दिगो शहरी विकासको क्षेत्रमा प्राविधिक रूपमा सहकार्य गर्नेछन्।
७. स्वास्थ्य र औषधिः भारत र नेपालले स्वास्थ्य सेवा र औषधिको क्षेत्रमा मिलेर काम गर्नेछन्।
८. पशुपालन र मत्स्यपालनः दुवै देशले पशुपालन र मत्स्यपालनको विकासमा सहकार्य गर्नेछन्












