काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णले शपथ लिएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार तीनै जना राजदूतले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।












