काठमाडाैं :- सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी महासभामा सहभागी हुन असोज १८ गते तान्जानिया प्रस्थान गरेका थिए।
तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) सम्म आयोजित महासभामा सभामुख अर्यालसँगै उनकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महतो तथा राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी भएका थिए।












