काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख र प्रदेश निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ।
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आयोगमा भएको छलफलका क्रममा निर्वाचनसम्बन्धी प्रस्तावित कार्यतालिका प्रस्तुत गरिएको हो।
छलफलमा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी भएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगेका थिए। तर उनले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर बाहिरिएका थिए।












